काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि एक पटक आफ्नो राजनीतिक चातुर्य प्रदर्शन गर्दै दलभित्रको विवाद मिलाउन सफल भएका छन्। दलभित्रको विवाद मिलाउँदा ‘उधारो सहमति गरिँदैन’ भन्दै अडान राख्ने वरिष्ठ नेता माधवकुमार नेपाल ओलीलाई तेस्रो पटक प्रधानमन्त्री बन्ने बाटो खोल्न वाध्य भएका छन्।
पार्टी विवाद टुंगाउने विषयमा सहमति बनेसँगै १० सदस्यीय कार्यदल बन्ने भएको स्रोतले जनाएको। कार्यदलमा शुरुमा विष्णु पौडेल संयोजक रहनेगरी तय भएको छ त्यसमा सुवास नेम्वांग, शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषालको नाम टुंगिएपनि त्यसलाई बाहिर ल्याएका छैनन। अन्य तीन जनाको नाम पछि सहमतिको आधारमा थप्दै जाने नेताहरूले जनाएका छन्।
शुरुमा सात सदस्यीय भनेपनि पछि १० सदस्यीय बनाउने कुरा भएपछि सबै नाम बाहिर नल्याइएको हो। सोही संवादपछि ओलीले फागुन २८ को निर्णयमा टेकेर विवाद मिलाउन तयार भएपछि तत्कालका लागि नेपाल पक्षले दिने भनिएको राजिनामा रोकिएको थियो। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३१ बैशाख २०७८, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले विधान महाधिवेशन : भण्डारी–पोखरेल समूह सामूहिक फरक मतको तयारीमा, ओलीले सुरु गरे ‘गोप्य’ सर्वेक्षण
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रश्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
एमालेले बोलायो आकस्मिक बैठक
एमालेका ४७ जना महाधिवेशन प्रतिनिधि कता हराए ?
एमालेको विधान महाधिवेशन : प्रतिनिधिलाई प्रवेश शुल्क नलाग्ने, आवासको ब्यवस्थापन आफैं गर्नुपर्ने
विधानमा सुझाव दिन एमाले कोशीमा १० सदस्यीय कार्यदल