काठमाडौं । प्रतिनिधि सभामा हाल कायम सदस्य संख्याको बहुमत नपुग्ने अवस्थापछि नेपाली कांग्रेस वैकल्पिक सरकार दाबी गर्नबाट ‘ब्याक’ भएको छ ।
लामो कसरत र प्रयासपछि आफ्नो पक्षमा संख्या जुटाउन नसकेपछि कांग्रेस बहुमतको वैकल्पिक सरकार दाबी गर्नबाट पछि हटेको हो ।
कांग्रेसले गत २७ बैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिन नसकेपछि सरकारमाथि दाबी गर्ने भन्दै विपक्षी दलसँग सघन छलफल अघि बढाएको थियो ।
त्यसक्रममा विपक्षमा नै रहेको नेकपा माओवादी केन्द्रको समर्थन पाए पनि जनता समाजवादी पार्टीको सिंगो समर्थन प्राप्त गर्न नसकेपछि कांग्रेस सरकार दाबीबाट पछि हटेको हो ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको मात्रै संख्याले बहुमत नपुग्ने अवस्था भएको र जसपाले साथ नदिएपछि सरकारमाथि दाबी गर्ने अवस्था नरहेको बताए ।
कांग्रेसलाई जसपाभित्रको उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले भने वैकल्पिक सरकार गठनका लागि सहयोग गर्ने वचन दिएका थिए ।राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३१ बैशाख २०७८, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार