चितवन । चितवनमा कोरोना संक्रमितको संख्या बढेसँगै भरतपुर महानगरले आइसोलेसन निर्माणको कामलाई तीव्रता दिएको छ । भरतपुर महानगरपालिकाले शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमितको उपचारको लागि १५ बेडको आइसोलेसन निर्माण गरेको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालबाट आज बिहीबार अक्सिजनसहितको उक्त आइसोलेसनको उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा प्रमुख दाहालले छोटो समयमा अत्यावश्यक उपकरणसहितको आइसोलेसन तयार गर्न सफल भएको बताइन् । भरतपुर महानगरपालिकाले कोभिड १९ को दोस्रो प्रकोप रोकथाम तथा संक्रमितको उपचारका लागि आइसोलेसन तयार गरेको हो ।
कार्यक्रममा आवश्यकअनुसार आइसोलेसन थप्दै जाने प्रमुख दाहालको भनाइ छ । उद्घाटन कार्यक्रममा उनले भनिन्, ‘आइसोलेसनमा कुनै कुरामा कमी आउन दिने छैनौँ ।’ भरतपुर महानगरपालिकाले संक्रमितको उपचारमा आवश्यक सम्पूर्ण सहयोग पु-याउने उनको भनाइ थियो । प्रभावकारी रूपमा सेवा उपलब्ध गराउन कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई निर्देशन दिँदै प्रमुख दाहालले भनिन्, ‘उपचारमा कुनै कुराको कमी आउन नदिऔँ, जसको लागि महानगरले के गर्नपर्ने हो, त्यो गर्न तयार छ ।’
आइसोलेसन अक्सिजनको आवश्यक पर्ने बिरामीहरूका लागी सहयोगी हुने बताउँदै दाहालले अस्पतालले प्रभावकारी ढंगले सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरिन् । उद्घाटन कार्यक्रममा महानगर प्रमुख दाहालले कोरोनाका बिरामीको उपचारमा भरतपुर अस्पताल, क्यान्सर अस्पताल साथै मेडिकल कलेजहरू तथा अन्य निजी अस्पतालहरूसंग निरन्तर समन्वय गरी सहजीकरण गरिरहेको बताइन् । कोभिड १९ को दोस्रो लहरबाट जोगिन र जोगाउन मगानगरपालिकाले चेतनामूलक गतिविधी, स्वास्थ्य मापदन्डको पालना, बिरामीहरूको पहिचान र उनीहरूको स्वास्थ्य अवस्थाको निगरानी गरिरहेको प्रमुख दाहाल बताउँछिन् ।
उनका अनुसार कोभिड १९ का बिरामीहरूलाई अस्पतालसम्म लैजानका लागी महानगरपालिकाका ३ स्थानमा ४ वटा एम्बुलेन्सले निःसुल्क सेवा प्रवाह गरिरहेको छ । मगानगरपालिकाले शिवनगर स्वास्थ केन्द्रको आइसोलेसन निर्माणपछि शारदानगर स्वास्थ्य केन्द्रमा पनि १५ बेडको आइसोलेसन निर्माण गर्ने तयारी गरेको छ । महानगरले यसअघि नै शिवनगर र शारदानगरमा आइसोलेसन केन्द्र स्थापना गर्ने निर्णय गरेअनुसार शिवनगरमा आइसोलेसन निर्माण गरिएको हो । महानगर प्रमुख दाहालले छिटै शारदानगर स्वास्थ्य केन्द्रमा पनि आइसोलेसन निर्माण गरिने बताइन् ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरवासीलाई कोभिड महामारीबाट जोगाउन आइसोलेसन संचालन गरेको बताइन् । आवस्यकता अनुसार यसको क्षमता विस्तार गर्दै लगिने उनको भनाइ छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले आइसोलेसन सञ्चालनले कोभिड महामारीबाट नगरवासीलाई बचाउन महत्वपूर्ण हुने बताए । उनले प्रभावकारी सेवा प्रवाह गर्न सबै स्वास्थ्यकर्मीहरूलााई आग्रह गरे । वडा न १४ का वडा अध्यक्ष तथा अस्पताल संचालक समितिका अध्यक्ष ओमप्रकास पोखरेलले आफ्नो वडामा कोभिड आइसोलेसन संचालन गर्न पाउदा खुसी लागेको बताए । सामुहिक सहयोगले व्यवस्थित रूपमा अस्पताल संचालन गरेर प्रभावकारी सेवा दिन सकिने बताए।
कोभिड आइसोलेसनमा एक्सरे, प्रयोगशाला, इसिजी फार्मेसीलगायतका सेवा कोभिडका संक्रमितहरूले निःसुल्क पाउनेछन् । अस्पतालमा २ मेडिकल अधिकृत, नर्स तथा तथा दक्ष प्राविधिकहरूले सेवा दिनेछन् । यस स्वास्थ्य केन्द्रमा कोभिड अस्पतालका अलवा स्वास्थ्य केन्द्रले पूर्ववत रूपमा प्रदान गरिएका सम्पूर्ण सेवा यथावत रहनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० बैशाख २०७८, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरका ४ सय युवाहरुलाई लक्ष्ति गरी सीपमूलक तालिम सुरु
भरतपुर महानगरद्धारा ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु
भरतपुर महानगरका विद्यार्थीहरुको विद्यालयमा नै स्वास्थ्य परिक्षण तथा स्क्रिनिङ अभियान शुभारम्भ
चितवनको गाजर र चुकन्दर जर्मन निर्यात
भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो