काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत नपाई कामचलाउ भएसँगै आगामी आर्थिक वर्ष २०७८(०७९ बजेट निर्माण प्रक्रियामा अन्योल देखिएको छ ।
संविधानमै जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेकोमा प्रधानमन्त्री ओली कामचलाउ भइसकेको र अर्को सरकार गठन कहिले हुने अन्योलले बजेट निर्माण प्रक्रिया अलपत्र पर्ने देखिएको हो । ओलीकै कामचलाउ सरकार रहेमा यसले ल्याउने बजेट पारित हुने–नहुने अन्योल पनि थपिएको छ ।
नयाँ सरकार वा पुरानोकै निरन्तरता जुनसुकै अवस्था आए पनि बजेट निर्माणको माहोल भने परिवर्तन हुने अर्थविद्हरु बताउँछन् । ‘संसद्मा बजेट प्रस्तुत गर्न सरकारसँग अब तीन हप्ताको समयमात्र बाँकी छ । एक हप्ताभित्रमा नयाँ नेतृत्वको सरकार निर्माण भएमा पनि उनीहरुलाई बजेट प्रस्तुत गर्न जम्मा दुई हप्ताको समय बाँकी रहने देखिन्छ ।
यस्तो अवस्थामा नयाँ सरकारले बजेटको तयारी पूरा गर्न निकै चुनौति छ,’ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री बताउँछन् । उनका अनुसार अर्थमन्त्री विष्णु पौडेलले तयार गरिरहेको बजेटमा आफ्ना कार्यक्रमहरु हेरफेर गर्न नयाँ सरकारलाई निकै चुनौती हुनेछ ।
कर्मचारीले गर्ने प्राविधिक विषयहरु समान हुने भए पनि कुन परियोजनालाई बढी प्राथमिकता दिने भन्ने विषयमा अन्योल हुने उनी बताउँछन् । ‘अहिलेको सरकारले ल्याएका परियोजनाहरु अर्को सरकारलाई मन नपर्न सक्छ, अर्को ठाउँमा सार्नुपर्ने हुन सक्छ,’ उनी भन्छन्, ‘त्यसमाथि दुइर्–तीन वटा दल मिलेर सरकार बन्ने भएपछि सबैसँग छलफल गर्नुपर्ने हुन सक्छ । त्यसका लागि यो समय काफी हुन्छ जस्तो लाग्दैन ।’
नयाँ सरकारले सामान्य बजेट पारित गरी पछि संशोधित बजेट ल्याउन सक्ने अवस्था भने रहेको क्षेत्री बताउँछन् । अर्को सरकार बन्न नसकी कामचलाउ सरकारले नै बजेट ल्याए पनि बजेटको रुपरेखा भने परिवर्तन हुने उनको तर्क छ ।
त्यस्तै अर्थविद् प्रा।डा। चन्द्रमणि अधिकारी पनि सरकारले विश्वासको मत लिन नसक्दा बजेट निर्माणमा अन्योल सिर्जना भएको बताउँछन् । ‘एक त बजेट निर्माणको काम पहिले नै ढिला भएको छ त्यसमा पनि सरकार परिवर्तनको माहोलले बजेट निर्माणमा अनिश्चितता थपेको छ,’ उनी भन्छन्, ‘बजेट निर्माणको काम पहिले नै प्राथमिकता भन्दा बाहिर गइसकेको छ ।
अहिलेसम्म बजेट अधिवेशन प्रारम्भ भइसकेको हुनुपथ्र्यो । पूर्व बजेट छलफल भइरहेको हुनुपथ्र्यो । १५ दिन अगाडि नीति तथा कार्यक्रम आइसक्नु पर्ने हो । तर, अहिले कुन सरकारले बजेट ल्याउने भन्ने विषयमा नै अनिश्चितता सिर्जना भएको छ ।’
प्रतिपक्षी दलले बहुुमत पु¥याएर नयाँ सरकार गठन गरेमा पनि पूर्ण बजेट आउन मुस्किल भएको उनी बताउँछन् । कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २८ बैशाख २०७८, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
काठमाडौँ महानगरको बजेट आइतबार ल्याइने
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित