काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाउने बताएका छन् । त्यसैतर्फ संकेत गर्दै अध्यक्ष थापाले प्रधानमन्त्रीले विश्वासको मत गुमेपछि राजीनामा दिन सक्ने र फेरि प्रधानमन्त्री बन्न सक्ने पनि अनुमान लगाएका छन्।
थापाले आज बिहान सामाजिक संजालमा ट्वीद गर्दै ‘प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाउनु हुनेछ। आजै राजीनामा आउला, फेरि प्रधानमन्त्री बन्न सक्नुहोला,’ भन्ने उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभामा विश्वासको मतका लागि मतदान हुँदैछ ।
थापा अगाडी भनेका छन्–‘प्रधानमन्त्री ओलीलाई दुई कारणले भने सम्झिइरहने छन्। ‘जेहोस् अनेक विवाद, असफलताका वावजुद लिम्पियाधुरा सहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भइरहनेछ,’ उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ