काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले माग पूरा गर्न दिएको समयसीमा सकिएको छ । नेपाल पक्षले ओलीलाई आफ्ना माग सम्बोधन गर्न आज विहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल समूहले आइतबार २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने र आगामी दिनमा पार्टी सहमतिका आधारमा अघि बढाउनुपर्ने प्रतिवद्धता खोजेको थियो ।
नेता योगेश भट्टराईले दुईबुँदामा प्रधानमन्त्रीले प्रतिवद्धता जनाए आज हुने संसद्को बैठकमा विश्वासको मतका प्रस्तावमा उभिने नभए साढे ९ बजे बैठक बसेर कठोर निर्णय लिने जनाएका थिए ।
पार्टी एकताका लागि नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटमको समय सकिएको छ । तर प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार अब नेपालसँग वार्ताको कुनै औचित्य भएको निष्कर्षमा प्रधानमन्त्री पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार