काठमाडौं । पछिल्लो दिनमा कर्णालीमा डिस्चार्ज हुनेको संख्यामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा एक सय ७१जना कोरोना संक्रमित थपिँदा दुई सय दश जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।
पछिल्लो समय कर्णालीमा कोरोना जित्नेको संख्या बढ्न थालेकोस्वास्थ्य सेवा निर्देशनालयका सुचना अधिकारी नोदनारायण चौधरीले बताए । होम आइसोलेशन र अस्पतालका आइसोलशनबाट डिस्चार्ज हुनेमा सुर्खेतका एकसय २६, जाजरकोटका ३३, सल्यानका २४, कालिकोटका १३, रुकुमपश्चिमका आठ, डोल्पाका चार र जुम्लाका दुई जना छन् । शनिवार मात्रै दुई सय ४६ जनाले कोरोना संक्रमण जितेर घर फर्किएको उनले बताए । हाल प्रदेश भर तीन हजार आठ सय ८२ जना संक्रिय संक्रमित रहेका छन् ।
जसमा होम आइसोलेशनमा तीनहजार पाँचसय ७० जना छन् भने तीन सय १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कर्णालीमा पछिल्लो २४ घण्टामा दुई सय ११ जनामा गरिएको पीसीआर परीक्षणमा एकसय ७१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्ला केही दिन यता संक्रमित डिस्चार्ज हुने क्रम बढेपनि मृत्यु हुनेको दर पनि बढिरहेको छ । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । सुर्खेतका चार जनाको प्रदेश अस्पतालमा, सल्यानका दुई जनाको होमआइसोलेशनमा मृत्यु भएको छ ।
होम आईसोलेशनमा मृत्यु भएको घटना कर्णालीमा पहिलो हो । यस्तै मेहलकुना अस्पताल सुर्खेतमा एकजना र दैलेख अस्पतालमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना महिला र बाँकी पुरुष छन् । यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २७ बैशाख २०७८, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
कर्णाली याक्सका मार्कको शतकमा लुम्बिनी ९ विकेटले पराजित
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
कर्णालीको अदुवा–बेसार विदेशी बजारमा रोजाइ
कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य