काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउने हो भने प्रमुख राजनीतिक दललाई पाखा राख्ने सोच त्याग्न गृहमन्त्री ओमप्रकाश अर्याललाई सुझाव दिएका छन्।
उनले निर्वाचनको विषयमा अझै संशयमा भन्दै दलहरूबीचको सहमतिले मात्र निर्वाचनको वातावरण बन्ने धारणा राखेका छन् ।
आजदेखि वीरेन्द्रनगरमा सुरु भएको प्रदेश सुरक्षा गोष्ठीमा मुख्यमन्त्री कँडेलले सरकारका कतिपय गतिविधिकै कारण निर्वाचनको वातावरण अझै तयार नभएको समेत दाबी गरेका छन्।
मुख्यमन्त्री कँडेलले निर्वाचनका सन्दर्भमा भयरहित वातावरण र सुरक्षा प्रमुख विषय रहेको भन्दै भदौ २३ र २४ गतेपछि सुरक्षा अवस्थाले भयरहित वातावरण बन्न नसकेकोमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ पुस २०८२, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
गृहमन्त्रीद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक
मिथ्या सूचना नियमन गर्न गृहमन्त्रीको चासो