काठमाडौँ । कर्णालीमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी संसदीय दल प्रदेश सभामा एकीकरण भएको छ । बुधबार माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रदेश सभा सदस्यहरूको एकता बैठकले दल एकीकरण गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले नेपाली कम्युनिस्ट पार्टी प्रदेश सभा दल एकीकरण गर्ने निर्णय गरेको छ । उक्त पार्टी एकीकरणको निर्णय कर्णाली प्रदेश सभा सचिवालयलाई लिखित रूपमा जानकारी निर्णयसमेत भएको जिसीले जानकारी दिए ।
उनका अनुसार आजको बैठकले नेपाली कम्युनिस्ट पार्टी संसदीय दलको विधान समेत पारित गरेको छ । विधानको नाम ‘नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेश सभा दलको विधान‐२०८२, रहने गरी पारित गरिएको सांसद जिसीले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०८२, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली याक्सका मार्कको शतकमा लुम्बिनी ९ विकेटले पराजित
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
कर्णालीको अदुवा–बेसार विदेशी बजारमा रोजाइ
कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य
कर्णालीका हिमालमा लेक लागेर ज्यान गुमाउनेको संख्या बढ्दै
कर्णालीका कृषिमन्त्रीले गरे कार्यसम्पादन सम्झौता