काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आज बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई भेट्दै विश्वासको मतको आशा नगर्न भनेका थिए ।
‘हाम्रा मागहरू अझै पूरा भएका छैनन् । माग पूरा नभएको अवस्थामा हामीले विश्वासको मत दिन सक्दैनौं, हामी तटस्थ बस्नेछौँ’ अध्यक्ष ठाकुरले ओलीलाई भने । प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत नदिए पनि विपक्षी गठबन्धनमा सहभागी नहुन आग्रह समेत गरेका थिए । ओलीले ठाकुर र महतोलाई जसपाका माग पूरा गर्न पनि सरकार सकारात्मक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ बैशाख २०७८, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्