काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आज बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई भेट्दै विश्वासको मतको आशा नगर्न भनेका थिए ।
‘हाम्रा मागहरू अझै पूरा भएका छैनन् । माग पूरा नभएको अवस्थामा हामीले विश्वासको मत दिन सक्दैनौं, हामी तटस्थ बस्नेछौँ’ अध्यक्ष ठाकुरले ओलीलाई भने । प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत नदिए पनि विपक्षी गठबन्धनमा सहभागी नहुन आग्रह समेत गरेका थिए । ओलीले ठाकुर र महतोलाई जसपाका माग पूरा गर्न पनि सरकार सकारात्मक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ बैशाख २०७८, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवालाई उकास्दै ओली, संसद पूर्नस्थापनामा सहमत बनाउँदै
प्रशासनले स्वीकृति नदिए पनि युवाहरूलाई सडकमा उत्रन ओलीको निर्देशन
कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी : ओली
ओली र प्रचण्डसँग बार्गेनिङ गदैं झलनाथ
ओलीले ‘घर फर्किन’ गरेको आह्वानबारे योगेश भन्छन्– ‘समयानुकूल र आवश्यक कदम’
ओली र लेखकको पासपोर्ट रोक्का गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश