काठमाडौँ । केही दिन अघिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक रहेका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पछिल्लो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नजिकिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने समय नजिक आइरहेको समयमा जसपाका अध्यक्ष ठाकुर देउवासँग नजिक भएका छन् । प्रधानमन्त्री ओलीले जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोबाट विश्वासको मत आउने बताइरहँदा उनीहरु देउवासँग नजिएिका हुन् । जसपासँगको वार्तामा प्रधानमन्त्री ओलीले जसपाका कार्यकर्ता तथा नेताहरुको धेरैको मुद्दा फिर्ता लिए पनि ठाकुर र महतो पक्षका सांसदले पनि ओलीलाई विश्वासको मत नदिने देखिएको छ ।
प्रधानमन्त्री ओलीको पक्षमा देखिँदै आएका जनता समाजवादी पार्टीको एउटा समूह नै देउवासँग नजिकिएर सत्ता समिकरणको प्रस्ताव यसअघि नै लगेको छ । जुन समूहमा उपेन्द्र यादव बाबुराम भट्टराई छन् । ओलीसँग नजिक भएको जसपाका अध्यक्ष ठाकुर र राजेन्द्र महतो पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न आज बूढानिलकण्ठ पुगेका छन् । उनीहरुले ओलीलाई विश्वासको मत नदिने र सत्ता समिकरणको प्रस्ताव देउवासँग राखेको स्रोतको भनाइ छ ।
सभापति देउवा र जसपा अध्यक्ष ठाकुरबीच आगामी सत्ता समीकरणबारे छलफल हुने जसपाका एक नेताले जानकारी दिए । नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा दिने चर्चासँगै जसपाको ठाकुर पक्ष ओलीको साथ छोड्दै देउवासँग नजिकिन थालेको हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ बैशाख २०७८, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने