काठमाडौँ । केही दिन अघिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक रहेका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पछिल्लो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नजिकिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने समय नजिक आइरहेको समयमा जसपाका अध्यक्ष ठाकुर देउवासँग नजिक भएका छन् । प्रधानमन्त्री ओलीले जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोबाट विश्वासको मत आउने बताइरहँदा उनीहरु देउवासँग नजिएिका हुन् । जसपासँगको वार्तामा प्रधानमन्त्री ओलीले जसपाका कार्यकर्ता तथा नेताहरुको धेरैको मुद्दा फिर्ता लिए पनि ठाकुर र महतो पक्षका सांसदले पनि ओलीलाई विश्वासको मत नदिने देखिएको छ ।
प्रधानमन्त्री ओलीको पक्षमा देखिँदै आएका जनता समाजवादी पार्टीको एउटा समूह नै देउवासँग नजिकिएर सत्ता समिकरणको प्रस्ताव यसअघि नै लगेको छ । जुन समूहमा उपेन्द्र यादव बाबुराम भट्टराई छन् । ओलीसँग नजिक भएको जसपाका अध्यक्ष ठाकुर र राजेन्द्र महतो पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न आज बूढानिलकण्ठ पुगेका छन् । उनीहरुले ओलीलाई विश्वासको मत नदिने र सत्ता समिकरणको प्रस्ताव देउवासँग राखेको स्रोतको भनाइ छ ।
सभापति देउवा र जसपा अध्यक्ष ठाकुरबीच आगामी सत्ता समीकरणबारे छलफल हुने जसपाका एक नेताले जानकारी दिए । नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा दिने चर्चासँगै जसपाको ठाकुर पक्ष ओलीको साथ छोड्दै देउवासँग नजिकिन थालेको हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ बैशाख २०७८, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवालाई उकास्दै ओली, संसद पूर्नस्थापनामा सहमत बनाउँदै
प्रशासनले स्वीकृति नदिए पनि युवाहरूलाई सडकमा उत्रन ओलीको निर्देशन
कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी : ओली
ओली र प्रचण्डसँग बार्गेनिङ गदैं झलनाथ
ओलीले ‘घर फर्किन’ गरेको आह्वानबारे योगेश भन्छन्– ‘समयानुकूल र आवश्यक कदम’
ओली र लेखकको पासपोर्ट रोक्का गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश