चितवन । भरतपुर महानगरपालिकाले अत्यावश्क बाहेकका सबै सेवा बैशाख मसान्त सम्मलाई बन्द गरेको छ । महानगरले शुक्रबार एक सूचना जारी गर्दै अति आवश्यक सेवा (दमकल, सरसफाई, स्वास्थ्य, विपद सम्बन्धी सेवा बाहेक) अन्य सबै सेवा बन्द गरेको जनाएको छ ।
महानगरको विज्ञप्तीमा भनिएको छ–कोभिड १९ को संक्रमण भरतपुर महानगरपालिका क्षेत्रभित्र पनि तिव्र रुपमा फैलिरहेको साथै कार्यालयमा कार्यरत केही कर्मचारी पनि संक्रमित भएको हुँदा कार्यालयले प्रदान गर्दै आएको आवश्यक सेवा बाहेकका सम्पुर्ण सेवाहरु बैशाख मसान्त सम्मलाई बन्द गरिएको छ ।
यही बैशाख २३ गते बसेको नगर कार्यपालिको बैठकले कोरोना महामारीलाई ध्यान दिदैं बैशाख मसान्त सम्मलाई कार्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ बैशाख २०७८, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान