काठमाडौं । चार दलीय बिपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेको छ ।
नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र , जसपा र राजमोले प्रेस बिज्ञप्ती जारी गर्दै असंबैधानिक बाटोबाट मुख्यमन्त्री बनेका पोखरेलको राजीनामा माग गरेका हुन् ।
चारै दलका प्रमुख सचेतक तथा सचेतकहरुले अल्पमतमा परेका मुख्यमन्त्री पोखरेललाई नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गरिदिन माग गरेका छन् । उनिहरुले अल्पमतमा रहेका बेला पोखरेलले मुख्यमन्त्रीको सपथ लिनु असंबैधानिक कदम भन्दै बहुमत समर्थन रहेका माओबादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न समेत माग गरेका छन् ।
नेकपा एमालेका दुई सांसदले राजीनामा दिएको र नेकपाबाट निर्वाचन लडेका एक सांसद माओबादीमा प्रवेश गरेपछि मुख्यमन्त्री अल्पमतमा परेका छन् ।
एमालेबाट निर्वाचित दृघनारायण पाण्डे र अमरबहादुर डाँगीले राजीनामा दिएका छन् भने नेकपाबाट उपनिर्वाचन जितेकी बिमला खत्री माओबादी केन्द्रमा प्रवेश गरेकि छिन् । हाल ७९ सदस्यीय रहेको प्रदेशसभामा मुख्यमन्त्रीको पक्षमा अब जम्मा ३७ मत मात्रै छ । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २४ बैशाख २०७८, ०६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल