जानिराखौ चुरोटभन्दा खतरनाक हुनसक्छ अगरबत्तीको धुँवाँ

विहीबार, १४ मंसिर २०७४, १५ : ५४
जानिराखौ  चुरोटभन्दा खतरनाक हुनसक्छ अगरबत्तीको धुँवाँ

स्वास्थ्य सम्बन्धी सचेत व्यक्तिहरु चुरोट सेवन गर्दैनन् । किनभने, चुरोटको धुँवाँ शरीरको लागि घातक छ । तर, त्यही व्यक्ति पूजापाठ गर्दा वा मन्दिर धाउँदा अगरबत्तीको धुँवाँमा बस्छ । अगरबत्ती बाल्नु धार्मिक आस्थासँग जोडिएको छ । अगरबत्ती सुगन्धित हुन्छ । हामीलाई यस्तो सुगन्ध मन पनि पर्छ । कतिपय अवस्थामा दुर्घन्धको प्रभाव कम गर्न पनि अगरबत्ती बालिन्छ ।

तर यस्को भयानक असर

अगरबत्ती बाल्नु सामान्य लाग्छ हामीलाई । अझ त्यसको असरबारे हामीले सायदै सोचेका छौं । जबकी यो निकै घातक हुन्छ, स्वास्थ्यका लागि ।
अध्ययनहरुले के भन्छ भने, अगरबत्ती चुरोटको धुँवाँ भन्दा खतरनाक हुन्छ ।

अगत्तरवत्तीको धुँवाँले सास सम्बन्धी समस्या त ल्याउँछ नै । खासगरी यसको सोझो असर फोक्सोमा पर्छ, जसले अक्सिजन परिपूर्ती गरिरहेको हुन्छ । यसले दम, खोकीको दिर्घकालिन समस्या निम्त्याउँछ । साथसाथै मुटुको समस्या पनि निम्त्याउने गरेका छन् ।

अगरबत्तीबाट कार्बनमोनोअक्साइड

जुन घरमा अगरबत्ती बढी बालिन्छ त्यहाँ केहि रोगको खतरा पनि रहन्छ । अगरबत्तीको धुँवाँमा कार्बनमोनोअक्साइड हुन्छ, जसले फोक्सोलाई नराम्ररी असर पुर्‍याउँछ । यसले दम, खोकीको रोग ल्याउँछ ।

निरन्तर अगरबत्तीको धुँवाँमा बस्नेहरुलाई श्वासप्रश्वासमा जटिल समस्या हुन्छ । उनीहरुलाई सामान्य रुपमा सास फेर्न पनि समस्या हुन्छ । अगरबत्ती वा धुपबत्तीको धूवामा लोमो समयसम्म बस्दा यसमा रहेको नाइट्रोजन र सल्फर डाईअक्साइड ग्यास शरीरमा पुग्छ ।

मुटुको लागि खतरनाक

स्वस्थ्य शरीरका लागि मुटु पनि तन्दुरुस्त हुनुपर्छ । यस्तो अवस्थामा जब दिनहुँ अगरबत्तीको धुँवाँमा सास फेरिन्छ, यसले मुटुको धमनीहरुलाई साँघुरो बनाउँछ । यसले गर्दा हृदयघातको जोखिम हुन्छ  । त्यसैले घरमा नियमित रुपमा अगरबत्ती बालिन्छ भने, मुटुको समस्या आउन सक्छ । यसमा सावधान हुनैपर्छ ।

प्रतिक्रिया दिनुहोस