काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि तथा धान्यपूर्णिमा पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
आज एक शुभकामना सन्देश जारी गर्दै उनले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धको प्रतीकका रूपमा मनाइने यी चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाउनुका साथै सम्पूर्ण नेपालीहरूलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्दै आएका बताए ।
“सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट मात्र समावेशी तथा सहभागितामूलक राष्ट्र निर्माण सम्भव छ ।
नेपाली समाजको दीर्घ विकास यात्रामा यिनै सांस्कृतिक विविधताले सामूहिक चेतना र अन्तरसम्बन्ध निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्,” सन्देशमा उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ मंसिर २०८२, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य