रियल मड्रिडको सहज जित

सफल खबर संवाददाता

विहीबार, १८ मंसिर २०८२, ०९ : ४१
रियल मड्रिडको सहज जित

एजेन्सी । रियल मड्रिडले स्पेनिस ला लिगामा बुधबार एथलेटिक क्लब बिल्बाओविरुद्ध ३–० को सहज जित निकालेको छ ।

जितसँगै १५ खेलमा ३६ अंक जोडेको रियल दोस्रो स्थानमा छ । यो शीर्ष स्थानको बार्सिलोनाको भन्दा एक अंक कम हो । यता पराजित एथलेटिक समान खेलबाट २० अंकका साथ आठौं स्थानमा छ ।

सान मामेस रंगशालामा पाहुना टोली रियललाई जित दिलाउन किलियन एमबाप्पेले दुई र एडुवार्डो कामाभिङ्गाले एक गोल गरे ।

खेलको सातौँ मिनेटमै एमबाप्पेको गोलमार्फत रियलले अग्रता लिएको थियो । ४२औँ मिनेटमा कामाभिङ्गाले टोलीको अग्रता दोब्बर बनाए । एमबाप्पेले ५९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

प्रतिक्रिया दिनुहोस