एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई उनकी बहिनी उज्मा खानले मंगलबार रावलपिन्डीको अडियाला जेलमा भेट गरेकी छन् ।
यससँगै इमरानको मृत्यु भएको भनेर फैलिएको अफवाह पनि असत्य सावित भएको । भेटका क्रममा उनीहरूले लगभग २० मिनेट कुरा गरे।
उज्माले इमरानलाई मानसिक रुपमा प्रताडित गरिँदै आएको दाबी गरिन् । यसको जिम्मेवारी पाकिस्तानी सेनाध्यक्ष आसिम मुनीरले लिनुपर्ने उनले बताइन् ।
उज्माले थप जानकारी आफ्नी दिदीहरू अलीमा र नौरीनसँग परामर्शपछि सार्वजनिक गर्ने बताइन्। रावलपिण्डीमा उनको यो भेट २७ दिनपछि सम्भव भएको हो।
मृत्युको अफवाह र प्रदर्शन
गत साता इमरान खानबारे मृत्युको अफवाह फैलिएको थियो, जसका कारण रावलपिण्डीदेखि इस्लामाबादसम्म उच्च सतर्कता जारी गरियो। परिवार र समर्थकहरू भेट्न जेल पुगे पनि प्रशासनले अनुमति नदिँदा अफवाह झन् बलियो बनेको थियो।
धारा १४४ लागू
रावलपिण्डीमा १ देखि ३ डिसेम्बरसम्म सभा, जुलुस, प्रदर्शन तथा पाँचभन्दा बढी मानिसको भीडमा प्रतिबन्ध लगाइएको छ। हतियार, लाठी, पेट्रोल बम, विस्फोटक सामग्री, लाउडस्पीकर, नफरतपूर्ण भाषण तथा अन्य संवेदनशील गतिविधिमाथि रोक लगाइएको छ।
इमरान नेतृत्वको पीटीआईले इस्लामाबाद उच्च अदालत र अडियाला जेल अगाडि ठूलो प्रदर्शन घोषणा गरेको थियो।
कानून–व्यवस्था बिग्रिने आशंका
जिल्ला जासुसी समितिका अनुसार केही समूहहरूले ठूलो भिड जम्मा गरी संवेदनशील संरचनामाथि हमला गर्न सक्ने आशंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १६ मंसिर २०८२, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इमरान खानका छोराले मागे सरकारसँग बुबा ज्युँदो रहेको प्रमाण
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ४ वर्ष जेल सजाय
पाकिस्तानमा निरंकुशतन्त्र स्थापित भयो : इमरान खान