काठमाडौं । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसले अबको प्रतिनिधिसभा र राष्ट्रिय सभा चुनावमा स्थानीय तह, प्रदेश सभा र राष्ट्रिय सभामा बाहल रहेका जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने भएको छ ।
बहाल जनप्रतिनिधिलाई राजीनामा दिलाएर उम्मेदवार बनाउँदा कांग्रेसमा कोहीलाई अवसरको खातैखात, कोहीलाई खाली हात हुने भएकोले वाहाल रहेका जनप्रतिनिधिलाई उम्मेदवार बनाउन सिफारिस नै नगर्न कांग्रेसले भनेको हो ।
फागुन २१ मा प्रतिनिधिसभाको चुनावको मिति तोकिएको छ । त्यस्तै माघ ११ गते राष्ट्रिय सभाको रिक्त पदहरुमा पनि निर्वाचन हुँदैछ । प्रतिनिधिसभा तर्फको लागि निर्वाचन कार्यतालिका अनुसार समानुपातिक र प्रत्यक्ष तर्फ उम्मेदवार बन्न त्यसअघिनै दलहरुले आन्तरिक तयारी थालेका हुन् ।
त्यसक्रममा कांग्रेसले कस्ता ब्यक्ति उम्मेदवार बन्न पाउने र त्यसका लागि तल्ला कमिटिले कसरी सिफारिस गर्ने भन्ने विषयमा परिपत्र गरेको थियो । तर, परिपत्रमा हाल बहाल रहेका जनप्रतिनिधिहरुका सवालमा के गर्ने भन्ने प्रष्ट नभएको गुनासो आएपछि कांग्रेसले यस विषयमा थप प्रष्ट पार्न अर्काे परिपत्र जारी गरेको हो ।
परिपत्र अनुसार, कांग्रेसले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा बाहल रहेका जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने प्रष्ट पारेको छ ।
‘राष्ट्रियसभामा हाल बहाल रहनुभएका माननीय सांसदहरूको नाम उम्मेदवारको रुपमा सिफारिस गर्न पाइने छैन,’ परिपत्रमा भनिएको छ, ‘प्रदेशसभामा हाल बहाल रहनु भएका प्रदेशसभा सदस्यहरूको नाम उम्मेदवारको रुपमा सिफारिस गर्न पाइने छैन ।’
परिपत्र कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मातहात कमिटिलाई पठाएका हुन् ।
हेर्नुहोस् परिपत्र :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ मंसिर २०८२, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक न्यायको पक्षमा निरन्तर उभिने काँग्रेसको प्रतिबद्धता
कांग्रेसले यस्तो बनायो क्रियाशील सदस्यता वितरण र नवीकरणको मापदण्ड
कांग्रेस केन्द्रीय कार्य समितिकाे बैठक सुरु
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, महाधिवेशन कार्यतालिका ल्याउने तयारी
कांग्रेस सभापति देउवाले बोलाए डा.शेखरसहित पदाधिकारी र पूर्वपदाधिकारी
फेरि सर्यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक