काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङमाथि कटाक्ष गरेका छन् । घिसिङले उज्यालो नेपाल पार्टी खोलेसँगै पोखरेलले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका हुन् ।
घिसिङले लोडसेडिङ अन्त्यको श्रेय लिँदै पार्टी खोलेकोमा पोखरेलले आपत्ति जनाएका छन् । उनले लेखेका छन्, ‘लोडसेडिङ विरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले । जसको योजना उसैलाई श्रेयदिने कहिले ?’
२०७२ सालमा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नेपाललाई लोडसेडिङ मुक्त पार्ने योजना अघि सारेको नेकपा एमालेको दाबी छ । ओलीले एक वर्ष भित्र नेपाललाई लोडसेडिङ मुक्त गर्ने घोषणा गरेर सोही अनुसार योजना कार्यान्वयन गर्न निर्देशन दिएको पार्टीको भनाई छ ।
२०७३ साउनमा ओली सरकार ढलेपछि सोही वर्षको कात्तिकदेखि नेपालमा औपचारिक रूपमा लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको थियो । यो कामको जस तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले लिने गरेका छन् भने घिसिङलाई उज्यालो नेपालका अभियन्ता भनेर प्रचार गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ मंसिर २०८२, १० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले केन्द्रीय कमिटी बैठक सुरु
एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, के छन् छलफलका एजेन्डा ?
एमालेले सूचना प्रविधि र सामाजिक सञ्जाललाई मुख्य हतियार बनाउने
प्रतिनिधि सभा चुनावका लागि एमालेबाट चितवन-३ मा शंकर थपलिया सिफारिस
केपी ओली र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवार