काठमाडौं । अविश्वास प्रस्ताव छल्न आइतबार बिहानै पदबाट राजीनामा दिएका शंकर पोखरेल विपक्षी गठबन्धनको तीव्र विरोधका बीच साँझ पुन: लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।
‘राजनीतिक रूप’ मा एकल बहुमत गुमिसकेको अवस्थाका पोखरेललाई साँझ पुन: नियुक्त गरी मुख्यमन्त्री कार्यालयमै पुगेर शपथग्रहण गराएपछि प्रदेश प्रमुख धर्मनाथ यादवमाथि पनि प्रश्न उठेको छ ।
संसद्मा अविश्वास प्रस्ताव सामना गर्दा आफ्नै पार्टीका सांसदले फ्लोर क्रस गर्ने जोखिम देखिएपछि पोखरेलले एमालेकै एकल बहुमतको सरकार बनाउने उद्देश्यले राजीनामा दिएका थिए । त्यही उद्देश्यअनुसार प्रदेश प्रमुख यादवले एकल बहुमतको दलका नेताको हैसियतमा पोखरेललाई पुन: मुख्यमन्त्रीमा नियुक्त गरे ।
साँझ पोखरेलले शपथ लिनुअघि एमालेकै पक्षमा रहेका सांसदको विपक्षी गठबन्धनमा प्रवेश र राजीनामाले राजनीतिक रूपमा पोखरेलको बहुमत गुमिसकेको थियो । ४२ जना सांसदको हस्ताक्षरसहित कांग्रेस र माओवादीले प्रदेश प्रमुख यादवको कार्यालयमै पुगेर आफ्नो पक्षको सरकार बन्नुपर्ने निवेदन दिएका थिए ।
प्रदेश प्रमुख कार्यालयमा विपक्षी गठबन्धनका सांसदहरू धर्नासमेत बसिरहेको अवस्थामा पोखरेलले साँझ शपथ लिए । यी सबै घटनाक्रमबारे जानकार रहेका प्रदेश प्रमुख यादव आफ्नो कार्यालयमा विपक्षी पार्टीहरूले गरिरहेको धर्नाकै बीचबाट मुख्यमन्त्री कार्यालय पुगेर शपथ गराएका थिए ।
लुम्बिनी प्रदेशमा आइतबार देखिएको सत्ता राजनीतिका अनौठा दृश्यले यसमा संलग्न पात्रहरूको राजनीतिक र नैतिक धरातलमाथि त प्रश्न उठेकै छ, आगामी दिनमा झन् बढी सत्ता किचलोको बीउ रोपिएको छ ।कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २० बैशाख २०७८, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुकुम्वासीको वेदना बुझेर सम्मानजनक विकल्प दिनु सरकारको जिम्मेवारी हो : शंकर पोखरेल
लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद केही समयका पाहुना : शंकर पोखरेल
सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाए : शंकर पोखरेल
‘ओली-लेखकलाई पक्राउ गर्ने निर्णयको औचित्य पुष्टि हुन नसकेपछि हाजिरी जमानीको सहारा लिइयो’ : शंकर पोखरेल
नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल
‘नेपाली राजनीतिलाई नयाँ मोडतर्फ धकेलेको छ, अबका दिन चुनौतीपूर्ण हुनेछन्’ : शंकर पोखरेल