काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवासँगै सो समूहका कार्यकर्ता रिहा गर्न थालेको तयारी सहज र दिगो समाधान नभएको विज्ञले बताएका छन्।
विप्लव समूहका कतिपय कार्यकर्ता जघन्य अपराधमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा छन्। तिनलाई छाड्न त्यति सहज छैन। राजनीतिक सम्झौताका आडमा गम्भीर अपराधमा संलग्न व्यक्तिलाई छाड्नु गैरन्यायिक देखिन्छ।
नेपाल प्रहरीको तथ्यांकअनुसार विप्लव समूहका एक सय २० जना कार्यकर्ता पुर्पक्षका लागि कारागार चलान भएका छन्। प्रतिबन्ध लगाएको मितिदेखि २०७७ चैत ६ गतेसम्म सो समूहका २ हजार ९८ जना पक्राउ परेका छन्।
सोही अवधिमा २ हजार ७ मुद्दा दर्ता भएका छन् भने सोधपुछपछि छाडिएकाको संख्या ९१ छ। मुद्दा दर्ता भएर छुटेकाको संख्या १ हजार ८ सय ८७ छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०६ बैशाख २०७८, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक सातामै दुई प्रभावशाली नेतामाथि विप्लवको कारबाही
विप्लवको चेतावनी- विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेल्छौँ
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश