काठमाडौँ । चट्याङ लागेर एकको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा अध्ययनरत १७ वर्षीय विनोद विक रहेका छन् । उनको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
आज दिउँसो परेको चट्याङ लाग्दा लमजुङ क्ब्होलासोथर गाउँपालिका–४ भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा पढ्दै गरेका तीन विद्यार्थी घाइते भएका हुन् । उनीहरुलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरी पोखरास्थित मणिपाल अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।
उहाँका अनुसार सो विद्यालयका कक्षा १० मा अध्ययनरत छविन्द्र गुरुङ र मनबहादुर गुरुङ गम्भीर घाइते भएका छन् । उनीहरुको उद्धारबापत लाग्ने खर्च सो गाउँपालिकाले ब्यहोर्ने प्रजिअ शर्माको भनाइ छ ।
उनीहरु विद्यालयको कक्षाकोठामै चट्याङ लागेर घाइते भएका र सोही कक्षामा रहेका अन्य विद्यार्थीलाई भने केही नभएको वडाध्यक्ष खेमबहादुर गुरुङले बताउनुभयो । घाइतेको हातखुट्टा र शरीरको अन्य भागमा चोट लागेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०३ चैत्र २०७७, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु
जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु
सर्पको डसाइबाट महिलाको मृत्यु
सुर्खेत प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु