काठमाडौं । इलाम जिल्लाको फाकफोकथुम गाउँपालिकास्थित एकतप्पा गाउँका दीपक जैसी तिम्सिना घरबाट बेपत्ता भएको ४० वर्षपछि भारतको कोलकतास्थित दमदम कारागारमा फेला परेका छन् । २०३७ साल माघमा स्थानीय मङ्गलबारे बजारमा तोरी बेच्न घरबाट हिँड्नु भएको तिम्सिना बेपत्ता भएपछि उनको परिवारले विभिन्न स्रोतमार्फत् खोजी कार्य गरिरहेको थियो ।
परिवारका सदस्यले दीपकको बारेमा कुनै जानकारी पाउन सकेको थिएनन् । २० वर्षको उमेरदेखि नै बेपत्ता दीपकको घर परिवार र गाउँले पुरै आशा मारिसकेको थियो तर, हराएको ३२ वर्षपछि (२०६९ साल) मा भारतबाट दीपककै नाममा घरमा एउटा चिठी आयो। त्यसमा लेखिएको थियो– म भारतको जेलमा छु। चिठीले उमेर ढल्किसकेकी आमासहित परिवारजनमा दीपक जिउँदै छन् कि भन्ने आशा त पलायो तर, त्यो चिठी दीपकले नै लेखेका हुन् या होइनन् भन्ने यकिन नभएको उनका काकाको छोरा प्रकाश शर्मा तिम्सिनाले बताए ।
त्यसपछि प्रकाशलगायतका व्यक्तिले दीपकको थप खोजी सुरु गरे। परिवारजनलाई दीपकसम्म पुग्न विश्व सेवा विस्तार संस्था र संस्थाका इन्द्र बस्नेतले सकेसम्म सहयोग गरे। प्रकाश भन्छन्, “दीपक दाइलाई भेट्टाउन नेपाल र भारतका कानुन व्यवसायी, पत्रकार, सञ्चार संस्थालगायत ज–जसले सहयोग गरे, उनीहरूको सूची बनाउने हो भने निकै लामो हुन्छ । हामीले सपनामा पनि कल्पना नगरेका दाइलाई जीवित पाउँदा बिपना नै सपना जस्तो लाग्दोरहेछ ।” दीपक कसरी यत्रो समय जेल बस्न बाध्य भए भन्ने यकिन छैन् ।
प्रकाशचन्द्रले सुने अनुसार दीपक घरबाट हिँडेपछि दार्जिलिङको चिया बगानमा काम गर्न थाले । त्यही क्रममा एक महिलाको हत्या आरोपमा उनी जेल परेका हुन् तर, उनी आफँैंले कसैको हत्या गरेको वा अरूले गरेको हत्यामा मुछिएको भन्ने स्पष्ट बुझ्न नपाएको प्रकाशले बताए ।
“जेल पर्नुमा ३–४वटा फरक–फरक कारण सुनियो, ठ्याक्कै के हो भन्न सकिएन,”– प्रकाशले भने । सबैको प्रयासले दाजु त्यहाँ हुनुहुन्छ भन्नेसम्म त पत्ता लागेको र उहाँलाई छुटाउन विभिन्न कानुन व्यवसायीले प्रयास गरिरहेको प्रकाशले जानकारी दिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २९ फागुन २०७७, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?