काठमाडौं । जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आन्तरिक छलफल सुरु भएको छ । शुक्रबार बसेको जसपाको संयुक्त संसदीय दलको बैठकमा बोल्ने सांसदमध्ये आधाजसोले यसपटक जसपा आफैंले सरकारको नेतृत्व दाबी गर्नुपर्ने सुझाव राखेका थिए । सरकारको नेतृत्व गर्ने अवसर आएमा जसपाले ठाकुरलाई अघि सार्ने पार्टीका नेताहरूले जनाएका छन् ।
शुक्रबार बसेको संसदीय दल बैठकको अध्यक्षता ठाकुरले गरेका थिए । यद्यपि जसपाले अझै संसदीय दलको नेता चयन गर्न भने सकेको छैन । दलको नेता चयन नभएसम्म ठाकुरले बैठकको अध्यक्षता गर्ने सहमति भएको जसपाका नेताहरूले जनाएका छन् ।
दलको बैठकमा शरत्सिंह भण्डारी, महेन्द्र यादव, प्रदीप यादवलगायतले यसपटक पार्टी आफैं सरकारको नेतृत्व गर्न तयार हुनुपर्ने धारणा राखेका थिए । ‘हामी विभिन्न विकल्पमा छलफल गरिरहेका छौं । सरकारको नेतृत्व गर्न पनि हामी तयार हुनुपर्छ भन्ने सुझाव धेरै साथीबाट आएको छ’, बैठकपछि नेता भण्डारीले भने, ‘यसबारेमा पार्टीभित्र आन्तरिक छलफल प्रारम्भ भएको छ ।’ यस्तै धारणा जसपाका अर्का सांसद प्रदीप यादवले पनि राखे । यसपटक जसपाले सरकारको नेतृत्व दाबी गर्ने उनले बताए । ‘हामीले अहिलेसम्म अरुलाई सहयोग गर्यौं । यसपटक हामी आफैंले सरकारको नेतृत्व लिनुपर्छ भन्ने सुझाव पार्टीभित्र बलियो भएको छ’, यादवले भने ।
जसपाका नेताहरूले बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । प्रधानमन्त्री ओलीसँगको भेटपछि जसपाले सरकारको नेतृत्वको विषयमा आन्तरिक छलफल सुरु गरेको हो । ठाकुरनिकटका जसपा नेता डा। सुरेन्द्र झाले भेटमा प्रधानमन्त्री ओलीले ठाकुरलाई घुमाउरो भाषाबाट प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको बताए । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २९ फागुन २०७७, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीलाई एकतामा आउन ओलीको प्रस्ताव
एमाले बैठकमा ओलीको प्रश्न : 'पार्टीबाट गलहत्याएर निकालेर राष्ट्रनायक हुन्छु म ?'
ओलीलाई महेश बस्नेतकै भर, गुन्डुबाटै राजनीतिक पुनरागमनको कोसिस
गुण्डुमा बस्ने गरी बोलाए ओलीले सचिवालय बैठक
‘देश बनाउने कर्मठ युवाहरू जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्छ’ : ओली
आगामी निर्वाचन एमालेले मेरै नेतृत्वमा लड्छ : ओली