काठमाडौं । चौतर्फी दबाब र आलोचना खेपिरहेको निर्वाचन आयोगले नेकपाको आधिकारिकताको विवाद टुग्याउन छिट्टै कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले दोस्रोपटक आधिकारिकताको दाबी गरेपछि नेकपा विवादलाई अब आलटाल गरेर अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै विवाद निरुपण गर्न प्रक्रिया अघि बढाउने बताएको हो ।
‘सम्भवतः आइतबार बस्ने आयोगको बैठकबाटै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ बमोजिम प्रक्रियामा लैजानेछ।’ –प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ।
नेकपाको आधिकारिकताको विवाद टुंग्याउन आलटाल गरिरहेको स्थितिमा प्रचण्ड र नेपाल पक्षले शुक्रबार दोस्रोपटक आधिकारिकता दाबी गरेको थियो । यसअघि आयोगमा गरिएको आधिकारिकताको दाबीलाई कानुनको छिद्र खोजेर पन्छिन खोजिरहेको आयोगलाई अब विवाद नसुल्झाई सुख नै नपाउने अवस्था निम्तिएको आयुक्तहरु बताउँछन् ।
पछिल्लोपटक नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर आयोगको ध्यान गएको थियो । आयोग विवाद निरुपणका लागि कानुनीरुपमा अघि बढ्नुको साटो विभिन्न विकल्पमा अनौपचारिकरुपमा छलफल अघि बढाएर जिम्मेवारीबाट पन्छिन चाहेको संकेत दिएको थियो । नेपाल समाचारपत्रमा खबर छ
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २३ फागुन २०७७, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४३ वटा दल समानुपातिक निर्वाचनमा भाग नलिने
समानुपातिकतर्फ ९३ दलले दिए निर्वाचन आयोगमा निवेदन
जरिवाना नतिर्ने राजनीतिक दलको चुनाव लड्नेसम्बन्धी निवेदन खारेज
निर्वाचन आयोगद्वारा दललाई निर्वाचन चिह्न प्रदान, हेर्नुहोस् कसलाई के ?
प्रतिनिधि सभा निर्वाचनका लागि १० हजार ९२६ मतदान स्थल रहने
निर्वाचन आयोगले दियो राजनीतिक दलहरुलाई २० बुँदे निर्देशन