काठमाडौं। गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गर्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पुल्चोक पुगेका छन् । महासचिव विप्लवले शनिवार बिहान पुल्चोकस्थिति मन्त्री निवास पुगेर गृहमन्त्री थापासँग भेटवार्ता गरेको स्रोतले बतायो।
भेटमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिको कार्यान्वयनका विषयमा र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतले बतायो। ‘आज बिहान महासचिव विप्लवले मन्त्री क्वार्टर पुगेर गृहमन्त्री थापासँग भेटवार्ता गर्नुभएको हो,’ स्रोतले भन्यो, ‘उहाँहरुबीच तीन बुँदे सहमति र विशेष गरेर पक्राउ परेका नेताहरूको रिहाइका विषयमा कुराकानी भयो।’
सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि भूमिगत बनेका महासचिव विप्लव बिहीबार सरकार र नेकपाबीच तीन बुँदे सहमति भएपछि शुक्रवार सार्वजनिक भएका थिए। शुक्रवार विप्लवले प्रधानमन्त्री ओलीसँगै राष्ट्रिय सभामा आयोजित सहमतिमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ फागुन २०७७, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्ने
एकताको नाममा पार्टी खप्टिने र उप्किने पुरानो तरिका अब निकै थोत्रो भइसक्यो : विप्लव
दल दर्ताका लागि विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा निवेदन
दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव