काठमाडौं। गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गर्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पुल्चोक पुगेका छन् । महासचिव विप्लवले शनिवार बिहान पुल्चोकस्थिति मन्त्री निवास पुगेर गृहमन्त्री थापासँग भेटवार्ता गरेको स्रोतले बतायो।
भेटमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिको कार्यान्वयनका विषयमा र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतले बतायो। ‘आज बिहान महासचिव विप्लवले मन्त्री क्वार्टर पुगेर गृहमन्त्री थापासँग भेटवार्ता गर्नुभएको हो,’ स्रोतले भन्यो, ‘उहाँहरुबीच तीन बुँदे सहमति र विशेष गरेर पक्राउ परेका नेताहरूको रिहाइका विषयमा कुराकानी भयो।’
सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि भूमिगत बनेका महासचिव विप्लव बिहीबार सरकार र नेकपाबीच तीन बुँदे सहमति भएपछि शुक्रवार सार्वजनिक भएका थिए। शुक्रवार विप्लवले प्रधानमन्त्री ओलीसँगै राष्ट्रिय सभामा आयोजित सहमतिमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ फागुन २०७७, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक सातामै दुई प्रभावशाली नेतामाथि विप्लवको कारबाही
विप्लवको चेतावनी- विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेल्छौँ
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश