काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सहिदको चाहना पूरा नभएको र जस्तोसुकै परिस्थिति आएपनि सहिदको सपना मर्न नदिने बताएका छन् ।
शुक्रबार दिउँसो राष्ट्रिय सभा गृहमा सरकारसँग भएको ३ बुँदे सहमतिपछि आयोजित समारोहलाई सम्बोधन गर्दै विप्लवले भने, ‘नेपाली जनताको चाहना पूरा भएको छैन । सहिदको चाहना पूरा भएको छैन । सहिदहरुलाई सम्मान गरौँ । सहिद परिवारलाई विश्वास दिलाऔँ कि सहिदका सपनाहरु पूरा हुने छन् ।’
महासचिव विप्लवले संयोगले आज सुखानी दिवस पनि रहेको स्मरण गर्दै सहिदका सपना मर्न नदिने बताए । उनले अगाडि भने, ‘हामी विद्रोह गर्ने मान्छेहरु हौँ । तर जब परिस्थितिमा परिवर्तन हुन्छ र राज्यले आफ्नो भूमिका पूरा गरेको स्थितिमा हामी शान्ति कायम गर्छौं ।’
उनले नेपाली जनताको श्रममाथि उभिएर देश बनाउने उद्घोष पनि गरे । ‘आज हामी नयाँ परिवेशमा छौँ’ उनले भने, ‘नेपाली परिवेशमा नयाँ प्रयोग आवश्यक छ । त्यसैले हामीले जनमत संग्रहको कुरा गरेका छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ फागुन २०७७, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव