काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सहिदको चाहना पूरा नभएको र जस्तोसुकै परिस्थिति आएपनि सहिदको सपना मर्न नदिने बताएका छन् ।
शुक्रबार दिउँसो राष्ट्रिय सभा गृहमा सरकारसँग भएको ३ बुँदे सहमतिपछि आयोजित समारोहलाई सम्बोधन गर्दै विप्लवले भने, ‘नेपाली जनताको चाहना पूरा भएको छैन । सहिदको चाहना पूरा भएको छैन । सहिदहरुलाई सम्मान गरौँ । सहिद परिवारलाई विश्वास दिलाऔँ कि सहिदका सपनाहरु पूरा हुने छन् ।’
महासचिव विप्लवले संयोगले आज सुखानी दिवस पनि रहेको स्मरण गर्दै सहिदका सपना मर्न नदिने बताए । उनले अगाडि भने, ‘हामी विद्रोह गर्ने मान्छेहरु हौँ । तर जब परिस्थितिमा परिवर्तन हुन्छ र राज्यले आफ्नो भूमिका पूरा गरेको स्थितिमा हामी शान्ति कायम गर्छौं ।’
उनले नेपाली जनताको श्रममाथि उभिएर देश बनाउने उद्घोष पनि गरे । ‘आज हामी नयाँ परिवेशमा छौँ’ उनले भने, ‘नेपाली परिवेशमा नयाँ प्रयोग आवश्यक छ । त्यसैले हामीले जनमत संग्रहको कुरा गरेका छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ फागुन २०७७, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह