सुनको मुल्य घट्यो, कति पुग्यो तोलामा ?

सफल खबर संवाददाता

आइतबार, १६ फागुन २०७७, १० : ५९
सुनको मुल्य घट्यो, कति पुग्यो तोलामा ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार छापावाल सुन तोलामा ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । 

Yeti Diistillery Tansen Cement box

यसअघि शुक्रबार छापावला सुन तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन तोलामा ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस