काठमाडौं । सञ्चार माध्यमले आईपीओ निष्काशनको नतिजा प्रकाशन गर्न नपाउने भएका छन् । धितोपत्र बोर्डको निर्देशनमा तत्काल लागू हुने गरी सीडीएससीले यस्तो नतिजा सञ्चार माध्यमलाई प्रकाशन गर्न रोक लगाएको हो ।
सञ्चार माध्यममा आईपीओ निष्काशनको नतिजा प्रकाशित गर्न दिन नहुने भन्दै धितोपत्र बोर्डमा लगानीकर्ता संघ संस्थाहरुबाट उजुरी परेको बोर्डले जनाएको छ ।
धेरै लगानीकर्ता र लगानीकर्ता संघ संस्थाको उजुरी पछि सञ्चार माध्यममलाई नतिजा प्रकाशन गर्न नदिने निर्णय भएको बोर्डका साहायक सूचना अधिकारी रुपेश केसीले बताए ।
‘धितोपत्र बोर्डको निर्देशनमा सीडीएसीले यो कामको थालनी गरेको छ, शुक्रबारको आईपीओ नतिजामै यो कार्यन्वयनमा आउँछ,’ केसीले भने । आईपीओको नतिजाको गोपनियता नभएको गुनासोपछि यस्तो व्यवस्था गरिएको पनि बोर्डले जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार सीडीएससीको मेरोसेयर, सम्बन्धित निष्काशन कम्पनी र बिक्री प्रबन्धकबाट मात्रै नतिजा हेर्न पाइने छ । शुक्रबार सार्वजनिक हुने महिला लघुवित्त कम्पनीको आईपीओको नतिजा पनि अब सञ्चारमाध्यमले प्रकाशन गर्न पाउने छैनन् ।
लगानीकर्ताको विवरण विवरण सञ्चार माध्यममलाई दिँदा गोपनीयता भंग हुने बारे आफूहरुले बोर्डलाई जानकारी गराएको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले बताइन् ।
‘विभिन्न चरणमा बोर्डसँग भएको छलफलमा बजारका समस्याहरु के के छन् भन्ने जिज्ञाशामा हामीले यो कुरा उठाएका थियौं । अहिले कार्यन्वयनमा आएको छ,’ अध्यक्ष पोख्रेलले भनिन् । लगानीकर्ताको सूचनाहरु बोर्डले नै सुरक्षित ढंगले प्रस्तुतीकरण गर्नु पर्नेमा आफूहरुले जोड दिएको पनि उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ फागुन २०७७, १७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२६०० अंकमा पुग्यो सेयर बजार
घट्यो सेयर बजार
६२ अंकले बढ्यो सेयर बजार
सामान्य अंकले बढ्यो सेयर बजार
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार