काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से राताम्मे बनेको छ । बजारमा ४४।९४ अंकको गिरावट आउँदा कारोबार रकममा पनि संकुचन आएको छ ।
बिहीबार कुल २०६ कम्पनीको एक करोड ५८ लाख ५६ हजार १७१ कित्ता सेयर ८३ हजार ४०७ पटक खरिद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ९ करोडमा झरेको छ जुन अघिल्लो दिनको तुलनामा झण्डै ६१ करोड रुपैयाँ भन्दा बढीले कम हो ।
बिहीबार दोस्रो बजारमा कारोबारमा आएका सबै उपसमूहका सूचक ओरालो लागेका छन् । बिहीबार नेपाल पूर्वाधार विकास बैंकको सेयरमा दोस्रो बजारमा सबैभन्दा धेरै कारोबार भयो ।
कम्पनीको ९० करोड ३५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो भने दोस्रो धेरै कारोबार हुने कम्पनी नबिल बैंक भयो । सकारात्मक सर्किट लेबलमा कारोबार भएको चन्द्रागिरी हिल्सका लागिनीकर्ताले बजारमा सबैभन्दा धेरै कमाए भने दोस्रो धेरै कमाइ नेसनल हाइड्रोपावर कम्पनीको सेयर धनीले गरे ।
उतारचढावपूर्ण बजारमा चन्द्रागिरी हिल्सको शेयर ९।९१ प्रतिशतले बढ्यो भने नेश्नलको सेयर मूल्य ८।२२ प्रतिशतले बढ्यो ।बिहीबार बैंकिङ उपसमूह ३७ अंक, जीवन बीमा उपसमूह २९९।७८ अंक र निर्जीवन बीमा उपसमूह १७६।१८ अंकले घट्यो ।
यस्तै उत्पादन ७२।२७ अंक, लघुवित्त ६०।४८ अंक, व्यापार ५५ अंक, विकास बैंक ४७ अंक, अन्य उपसमूह ३६ अंक र जलविद्युत समूह २७ अंकले घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ फागुन २०७७, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार