बारा । बारामा मालपोत कार्यालयका निमित्त प्रमुख घुससहित पक्राउ परेका छन् । निमित्त प्रमुख मनककुमार खनाललाई अख्तियारको टोलीले ६ लाख रुपैयाँ घुस रकमसहित रङ्गेहात पक्राउ गरेको हो ।
जग्गा सरजमिन मुचुल्का गरी पास गराउनका लागि भन्दै जितपुरका एक सेवाग्राहीसँग घुस लिएपछि खनाल अख्तियारको नियन्त्रणमा पुगेका हुन् । जग्गा पास गर्ने प्रयोजनका लागि एकजना सेवाग्राहीसँग घुस मागेपछि काठमाडौंबाट आएको अख्तियारको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई समेत पक्राउ गरेको जनाइएको छ ।
उनीहरुलार्ई बाराको अमलेखगञ्जस्थित एक होटलबाट घुस रकम लिइसकेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ फागुन २०७७, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ