बारामा मालपोत कार्यालयका निमित्त प्रमुख घुससहित पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०८ फागुन २०७७, १० : ३२
बारामा मालपोत कार्यालयका निमित्त प्रमुख घुससहित पक्राउ

बारा । बारामा मालपोत कार्यालयका निमित्त प्रमुख घुससहित पक्राउ परेका छन् । निमित्त प्रमुख मनककुमार खनाललाई अख्तियारको टोलीले ६ लाख रुपैयाँ घुस रकमसहित रङ्गेहात पक्राउ गरेको हो ।

जग्गा सरजमिन मुचुल्का गरी पास गराउनका लागि भन्दै जितपुरका एक सेवाग्राहीसँग घुस लिएपछि खनाल अख्तियारको नियन्त्रणमा पुगेका हुन् । जग्गा पास गर्ने प्रयोजनका लागि एकजना सेवाग्राहीसँग घुस मागेपछि काठमाडौंबाट आएको अख्तियारको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई समेत पक्राउ गरेको जनाइएको छ ।

उनीहरुलार्ई बाराको अमलेखगञ्जस्थित एक होटलबाट घुस रकम लिइसकेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान  आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस