काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुससहित पक्राउ गरेको छ ।
आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई भुक्तानी दिने क्रममा घुसका रुपमा रकम लिई कार्यकक्षमै लुकाएर राखेको सूचना र उजुरीका आधारमा पक्राउ गरिएको हो।
आयोगको टंगालस्थित मुख्य कार्यालयबाट खटिएको टोलीले दाहाललाई आइतबार दिउँसो नियन्त्रणमा लिएको हो। उनको कार्यकक्षबाट रु. १ लाख २० हजार ८ सय ५० रुपैयाँ नगद, एउटा मोबाइल र अन्य सम्बन्धित कागजातहरू बरामद गरिएको आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असोज २०८२, ०६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ
५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ
नवलपरासीमा घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ
कपिलबस्तु अदालतका तहसीलदार र कम्प्युटर अपरेटर घुससहित पक्राउ