कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०६ साउन २०८२, १० : ४६
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ

कैलाली । कैलालीको धनगढीस्थित डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई ७ लाख ३१ हजार रुपैयाँभन्दा बढी घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ। 

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले दिएको जानकारीअनुसार वरिष्ठ वन अधिकृत यादवलाई ७ लाख ३१ घुस रकमसहित सोमबार नियन्त्रणमा लिइएको हो। 

यादवले कैलालीको चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनबाट घाटगद्दी गरिएको काठसम्बन्धी बिमर्का (विवरणपत्र) र छोडपुर्जी दिने प्रक्रियामा सेवाग्राहीसँग घुस लिएको पाइएको अख्तियारले जनाएको छ। 

उनले घुस लिइरहेको सूचना प्राप्त भएपछि कञ्चनपुरस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए।

उनका विषयमा थप अनुसन्धान भइरहेको अख्तयार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस