मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ

सफल खबर संवाददाता

आइतबार, १३ बैशाख २०८३, ०७ : ५४
मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत क्षेत्रीले लागुऔषध मुद्दामा सहजीकरण गरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग घुस मागिरहेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा वैशाख १२ गते नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।