कति सम्म पुग्ला निफ्राको सेयर मूल्य ?

सफल खबर संवाददाता

शुक्रबार, ०७ फागुन २०७७, ११ : ३१
कति सम्म पुग्ला निफ्राको सेयर मूल्य ?

काठमाडौं ।सेयर बजारमा यतिबेला नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्रा सबभन्दा धेरै चर्चामा छ। यो कम्पनीको सेयर चर्चामा आउनुको मुख्य कारण यसको आइपिओ भरेका सबै, १४ लाख ७५ हजारले सेयर पाएका थिए। यति धेरै संख्याले आइपिओ पाएको यो नै पहिलो हो।

बाँडफाँट गर्दा धेरैले ५० र ६० कित्ता सेयर पाए। त्यस्तै बजारमा सबभन्दा धेरै कित्ता सेयर सूचीकृत भएको कम्पनी पनि निफ्रा नै हो। यसको २० करोड कित्ता सेयर सूचीकृत छ। 

हाल कम्पनीको बजार पुँजीकरण एक खर्ब नजिक पुगेको छ। सेयर संख्या धेरै भएकाले पनि सूचीकृत भएको छोटो समयमै निफ्राको पुँजीकरण उच्च भएको छ। 

कारोबार सुरू भएको दिन गत आइतबारदेखि नै कम्पनीको मूल्य दैनिक दस प्रतिशतका दरले बढेको छ। हालको बजार मूल्य प्रतिकित्ता ५४६ रूपैयाँ छ। आइपिओमा पाँच हजार रूपैयाँ लगानी गर्नेले एक महिनामै २२ हजार ३ सय रूपैयाँ ९कमिसन र पुँजीगत लाभकर कटौती बाहेक नाफा कमाए, जुन राम्रो पक्ष हो। 

धेरै लगानीकर्ता भएको कम्पनी भएकाले बजारमा अहिले यसको मूल्य कतिसम्म जाला भन्ने अनेक हल्ला चलिरहेका छन्। 

खरिद गर्नेतर्फ अझै पनि ठूलो चाप देखिएकाले कम्पनीको मूल्य केही दिन बढ्न सक्ने देखिन्छ। बिहीबारको मार्केट डेप्थु हेर्दा बजार बन्द हुने बेला सेयर खरिदतर्फ १५ लाख कित्ता अर्डर देखिन्थ्यो भने बेच्नेतर्फ कोही थिएनन्।

त्यस्तै बजारमा खरिद गर्नेहरू ठूला लगानीकर्ता नै रहेको देखिन्छ। एउटै ब्रोकर कम्पनीबाट धेरै संख्यामा सेयर उठाइएको छ।
कतिपय जानकार भने कम्पनीको बजार मूल्य दुई तीन दिनमै घट्न सक्ने बताउँछन्।

 

 

प्रतिक्रिया दिनुहोस