काठमाडौं । नेकपा ओली समूहले आज (शुक्रबार) नारायणहिटी दरबार अगाडि आमसभा गर्ने भएको छ। आमसभाका लागि दरवारमार्ग क्षेत्रका सडक डिभाइडर हटाइएको छ भने यस क्षेत्रका व्यापार तथा व्यवसायहरु बन्द गर्न भनिएको छ।
‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि ओली समूहले आमसभा गर्दैछ। ओली समूहले सभाका लागि देशभरबाट कार्यकर्ता उतार्ने तयारी समेत गरेको छ ।
मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने छन्। सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ माघ २०७७, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र प्रचण्डसँग बार्गेनिङ गदैं झलनाथ
ओलीले ‘घर फर्किन’ गरेको आह्वानबारे योगेश भन्छन्– ‘समयानुकूल र आवश्यक कदम’
ओली र लेखकको पासपोर्ट रोक्का गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
ओलीले किन अघि सारे जेनजीसहितको सर्वपक्षीय सरकारको प्रस्ताव ?
ओली, लेखक, गृहसचिवसहितको राहदानी रोक्का र स्थान हदविरुद्ध सर्वोच्चमा रिट दर्ता
‘काम नलाग्ने चिज मात्रै छोडेर बालकोटमा आगजनी गरिएको छ’ : ओली