काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस सिन्धुलीको ११ किलो क्षेत्रमा दुर्घटनामा परेको छ ।
काठमाडौंतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस दुर्घटनामा परेको सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले बताए ।
उनका अनुसार दुर्घटना भएको क्षेत्र मुढेबाट ११ किलोमिटर अगाडि हो । हालसम्म कति घाइते भए भन्ने यकिन भइनसकेको उनले बताए । कम्तिमा १० जनालाई स्थानीय अस्पतालमा पुर्याइएको उनले जनाए ।
मुढेस्थित चेकपोष्टमा उक्त बसमा १५ जना सवार रहेको टिपाइएको थियो । ‘ओरालो भएको ठाउँमा दुर्घटना भएको हो, कारण खुलिसकेको छैन,’ अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० माघ २०७७, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते, दुईको अवस्था गम्भीर
बैतडीमा बस दुर्घटना, थप विवरण आउन बाँकी
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान