काठमाडौं । अरुको कुटपिटबाट मृत्यु भएकी पत्नीको शव लुकाउन खोज्दा बारा श्रीपुरका रवि चौधरी सोमबार पक्राउ परेका छन् । उनले पत्नी बबिता चौधरीको शव जलाउन नसकेपछि खाल्डो खनेर पुर्न खोजेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।
बबितालाई कुटपिट गर्ने गौशालाकी अनु थापालाई पनि प्रहरीले पक्राउ गरेको छ । घटनाक्रमअनुसार शुक्रबार बबिताले मोबाइल चोरी गरेकी थिइन् । अनुले केही साथीसहित बबितालाई कुटपिट गरेकी थिइन् ।
प्रहरीले यति ठूलो घटना हुँदा पनि किन रविले प्रहरीमा खबर गरेनन् भन्ने विषयमा चासो राख्दै घटनाबारे अनुसन्धान सुरु गरेको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १३ माघ २०७७, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या