काठमाडौं । अरुको कुटपिटबाट मृत्यु भएकी पत्नीको शव लुकाउन खोज्दा बारा श्रीपुरका रवि चौधरी सोमबार पक्राउ परेका छन् । उनले पत्नी बबिता चौधरीको शव जलाउन नसकेपछि खाल्डो खनेर पुर्न खोजेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।
बबितालाई कुटपिट गर्ने गौशालाकी अनु थापालाई पनि प्रहरीले पक्राउ गरेको छ । घटनाक्रमअनुसार शुक्रबार बबिताले मोबाइल चोरी गरेकी थिइन् । अनुले केही साथीसहित बबितालाई कुटपिट गरेकी थिइन् ।
प्रहरीले यति ठूलो घटना हुँदा पनि किन रविले प्रहरीमा खबर गरेनन् भन्ने विषयमा चासो राख्दै घटनाबारे अनुसन्धान सुरु गरेको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १३ माघ २०७७, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण