काठमाडौं । सरकारले बेलाबेला खुलाइरहेको प्रहरी भर्ना प्रक्रियामा आवेदन संख्या हेर्दा आकर्षण घट्दो देखिन्छ । प्रहरी प्रधान कार्यालयले २०७४ देखि २०७६ सम्म जवानका लागि तीन पटक भर्ना खुलायो।
२०७४ साउन ३१ गते ७ सय ६७ जना जवान माग गरिएकामा ४४ हजार ३ सय ५५ जनाको आवेदन प¥यो। २०७५ असोज १५ मा ६ हजार २ सय ४४ जना माग गरिएकामा ४१ हजार ८ सय ७१ जनाले आवेदन दिए। तुलनात्मक रूपमा धेरै पदमा भर्ना खोल्दा आवेदन उत्तिकै बढ्नुपर्ने प्रहरी मुख्यालयको बुझाइ रहे पनि त्यसअनुरूप हुन सकेन।
जवानकै लागि २०७६ भदौ ६ गते ३ हजार ५ सय ९६ जनाको भर्ना खुलाइएको थियो। तर, ३९ हजार ७ सय ३४ जनाले मात्रै आवेदन दिए। अन्नपूर्ण पोस्टमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १२ माघ २०७७, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटायो
माइतीघरमा जेन जेडलाई प्रहरीले रोक्यो
प्रहरी सहायक निरीक्षक हरि भट्टराई बने बागमतीकै सर्वोत्कृष्ट
गुण्डागर्दीमुक्त चितवन, शान्ति सुरक्षामा प्रहरीको प्रभावकारी भूमिका
चितवनमा दुर्घटना तथा चोरीका घटना बढेपछि प्रहरी चेकजाँच कडा
चितवनमा ट्राफिक व्यवस्थापन लथालिङ्ग