धनुषा । धनुषामा एक जनाको गोली हानी हत्या गरेको अभियोग लागेका व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ भरतपुर बस्ने ३४ वर्षीय जागेश्वर यादव रहेको जिल्ला प्रहरी सिरहाले जनाएको छन् ।
यादवले ०६८ साल भदौ २९ गते सिरहाको तत्कालीन धनगढी गाविस ९ बस्ने श्रीप्रसाद साह सोनारको गोली हानी हत्या गरेका थिए । बा.११ प. ४९४२ नम्बरको मोटरसाइकल चढेर धनुषाका भरतपुर स्थित वीरेन्द्र बजारमा फुटबल खेल्न आएका सोनारलाई जागेश्वर यादव समेतले गोली प्रहार गरी हत्या गरेर शव स्थानीय बालुवाखोलाको काटा झारीमा फ्याँकेका थिए ।
उनीहरुले सोनारको हत्या गरेपछि मोटरसाइकल, नगद २५ हजार, आधी ताला सुनको औंठी, एक तोला सुनको सिक्री, चाँदीको ब्रासलेट एक थान र मोबाइल एक थान लुटेका थिए । हत्यापछि मृतककी पत्नी शकुन्तला थापा समेतले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए ।
यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले घुमफिर गरिरहेको अवस्थामा मिर्चैया नगरपालिका ३ बाट बुधबार साँझ पक्राउ गरेको सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि धनुषा प्रहरीको जिम्मा लगाइएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ माघ २०७७, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या