काठमाडौं । नेकपाको दुबै पक्षले पार्टीमा गरेको हेरफेरको विवरण अद्यावधिकका लागि दिएको निवेदन उपर आयोगले अझैसम्म केही निर्णय लिएके छैन् । आयोगले पुस २३ गते दुबै पक्षलाई ७ दिनको समय दिएर थप स्पष्टताको लागि पत्र पठाएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षले पुस २९ मा आयोगलाई जबाफ पठाएका थिए । आयोगलाई पठाएको जबाफमा दुबै पक्षले आफ्नो समूहले बोलाएको केन्द्रीय कमिटी बैठक र त्यसले गरेको निर्णय वैधानिक रहेको दावी गरेका छन् ।
दुबैले आफ्नो पक्षको निर्णयलाई आधिकारिक मान्न र त्यसैऋनुसारको विवरण दल दर्ता किताबमा अद्यावधिक गरिदिन मागदावी गरेका छन् । दुबै पक्षबाट जबाफ आएको साता नाघिसकेपनि आयोगले निर्णय गर्न नसकेको खबर कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०८ माघ २०७७, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश