११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस

सफल खबर संवाददाता

बुधबार, २९ पुस २०७७, १८ : २२
११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ११ प्रहरी उपरिक्षक (एसपी) वरिष्ठ उपरीक्षक पद (एसएसपी)मा बढुवा सिफारिस भएका छन् ।

Yeti Diistillery Tansen Cement box

गृहमन्त्रालयको बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । 

प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकाशन गरेको सूची अनुसार कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

Upakar