काठमाडौँ । सर्वोच्च अदालतले पुरानै पाठ्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गर्दै परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ। गत असोज २८ गते भगवता अर्यालले पुरानै पाठ्यक्रमलाई मान्यता दिनुपर्ने जिकिरसहित सर्वोच्चमा रिट दायर गरेका थिए।
न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । नेपालमा दस दस वर्षमा पाठ्यक्रम परिमार्जन हुने व्यवस्थाअनुसार शिक्षा मन्त्रालयको स्वीकृततिमा पाठ्यक्रम विकास केन्द्रले यो वर्ष कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ पुस २०७७, १७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी