पोखरा । नेकपा (प्रचण्ड नेपाल पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकको टीका लगाएको आरोप लगाएका छन् ।
पोखरामा मंगलबार आयोजित सभामा अध्यक्ष प्रचण्डले ओलीले असंवैधानिक कदम चालेको बताए । सभामा उनले केही महिनाभित्र आफूहरू विजयी हुने बताए । उनले भने, ‘ओलीको पदनको अभियान सुरु भयो, हाम्रो विजय अभियान सुरु भएको छ ।’
उनले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई दबाब र प्रभावमा राख्न खोजेको पनि बताए । सभामा अध्यक्ष प्रचण्डले भने, ‘ओलीले कलंकको टीका लगाइसक्नुभयो । हामीले अन्तिम समयसम्म पार्टी एकताका लागि पहल गरेका हौं । मैले केपी ओलीलाई नै भनेको छु, तर तपाईंको पतन सुरू भयो, हाम्रो विजय अभियान सुरू भयो ।’
पार्टीभित्रका गलत प्रवृत्तिविरूद्ध लडाइँ र आलोचना गर्न नसकेमा सोभियत संघजस्तो अवस्था आउने प्रचण्डको भनाइ थियो। नेता तथा कार्यकर्ताहरू केही महिना खटेर काम गर्ने हो भने केपी ओली गुटको पतन हुने उनले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ पुस २०७७, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड