मोरङ । जनता समाजवादी पार्टी जसपा) का राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जननिर्वाचित प्रधानमन्त्री केपी ओलीले जनतालाई धोका दिएर राजा महेन्द्रको बाटोमा अगाडि बढेर प्रतिक्रान्ति गरेको आरोप लगाएका छन् ।
विराटनगरमा शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीमा भट्टराईले ३० दिन नभए ३० हप्तामा प्रधानमन्त्री ओलीको प्रतिगमनलाई फालेर अहिलेसम्म प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्ने बताए । उनले ओलीको प्रतिगमन सच्चिन संसद् पुनर्स्थापना हुनुपर्ने भन्दै यो विषयमा सर्वोच्चको निर्णय पर्खिरहेको बताए ।
‘अहिलेसम्मको प्राप्त उपलब्धि सडकबाटै पुनस्स्थापित गरेपछि संविधानको अपूर्णताहरु संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली, नागरिकता लगायतका विषयलाई संशोधन गरेर अगाडि जान्छौं,’ उनले भने, ‘अहिले प्रतिगमन सच्चिन संसद् पुनस्स्थापना गर्नुपर्छ र यो विषयमा सर्वोच्च अदालतको निर्णय के आउँछ, पर्खेर बसेका छौं, होइन भने जनताले आफ्ना अधिकार छाड्दैनन् ।’
प्रधानमन्त्री केपी ओलीको निरंकुश र फासिस्ट प्रवृत्तिलाई सबै दल मिलेर परास्त गर्न भट्टराईले आग्रह गरे । ‘नेकपाको आधिकारिकताको टुंगो लागेको छैन । दाहाल–नेपाल समूहले अहिले पनि प्रधानमन्त्री ओली सच्चिएर आउने आसमा छन् तर यसबाट केही हुनेवाला छैन,’ उनले भने, ‘नेकपाका दाहाल–नेपाल समूहले छिट्टै आफ्नो कित्ता प्रस्ट गरोस् ।’ उनले कांग्रेसलाई ढुलमुले नीति त्यागेर आन्दोलनमा सँगै आउन आग्रह गरे । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २५ पुस २०७७, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई
अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई