काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा भएको छ ।
शुक्रबार दुवै पार्टीका शिर्ष नेताहरुको उपस्थितिमा ललितपुरमा एक कार्यक्रम आयोजना गरी दुई पार्टीबीच एकता घोषणा गरिएको हो । एकता घोषणा कार्यक्रममा बोल्दै नेताहरुले नेपालमा लामो समयदेखि चलिआएको लोकतान्त्रिक आन्दोलनमा श्रमजिवि जनता र उत्पीडित, राष्ट्रियता, महिला र शिल्पी समुदायको मुक्ति आन्दोलनलाई एकताले शक्ति प्रदान गर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै जसपा अध्यक्ष महन्थ ठाकुरले देशमा भइरहेका विभिन्न विभेदको अन्त्य गर्न र राज्यको सबै निकायहरुमा समान प्रतिनिधित्व गराउन जसपाले संघर्ष गरिरहेको बताए ।
जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले देशमा जुन राजनीतिक प्रणाली आएपनि पछि पारिएका समुदायले शासनमा आफ्नो अनुभुति पाउन नसकेका कारण विकल्पमा जसपा चाहिएको बताए ।
जनता समाजवादी पार्टी, नेपालले देशमा राजनीतिक विकल्प दिनको निम्ति विभिन्न संघ संगठन तथा पार्टीलाई एकिकृत गर्ने अभियान जारी राख्ने पनि नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ पुस २०७७, १८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै