काठमाडौं । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पहल गरे पनि आवश्यक संख्या नपुग्ने भएपछि नेकपा प्रचण्ड–नेपाल समूह पछि हटेको छ ।
सरकारको विकल्प खोज्ने विषयमा छलफल जारी राखे पनि तत्काललाई यथावत्कै अवस्थालाई निरन्तरता दिइने बताइएको छ ।नेकपा ओली समूहले भने प्रदेश सरकार ५ वर्षसम्मै रहने दाबी गरेको छ । ६० सदस्यीय प्रदेशसभामा नेकपाका ४० सांसद छन् ।
त्यसमध्ये ओली समूहमा २७ र दाहाल–नेपालतर्फ १३ जना खुलेका छन् । कांग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् ।
हाललाई राजमोले सरकारको समर्थन फिर्ता नलिने बताएपछि मुख्यमन्त्री गुरुङ सरकार टिक्नेमा ढुक्क छन् । यता, दाहाल–नेपाल समूहका सांसदले भने सरकार फेरबदलको सम्भावनाबारे आन्तरिक छलफल गर्न छाडेका छैनन् । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १७ पुस २०७७, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती