काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न मत दिएकाले सत्ता कांग्रेसका लागि प्यारो नभएको बताउनुभएको छ ।
पैतालीसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस तनहुँले आज आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य पौडेलले सरकारले चुनाव नचाहेको आरोप लगाउँदै संवैधानिक निकायहरुमा असंवैधानिक तवरबाट पदाधिकारी निय्क्त गर्ने मात्रै नभई प्रतिनिधिसभा विघटन गरेर सरकारले गलत काम गरेको आरोप लगाउनुभयो ।
आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्लेले हार्दिकता र एकता कायम गरी पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । जिल्ला सभापति बैकुण्ठ न्यौपानेले पद्धतिमा भन्दा व्यक्तिमा विश्वास गर्ने राजनीतिले सङ्कट निम्त्याउने बताउनुभयो ।
कार्यक्रममा पार्टीका सचिव विश्व बाँस्तोला, समन्वय समितिका उपप्रमुख पवित्रा पौडेललगायतले जननायक बीपी कोइरालाले राष्ट्रियता, लोकतन्त्र संरक्षणको लागि एक ठाउँमा उभिनुपर्छ भन्ने सन्देश अहिलेको अवस्थामा पनि सान्दर्भिक रहेको धारणा व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १६ पुस २०७७, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री
आर्थिक नीतिमा निजी क्षेत्रप्रति नकारात्मक भाष्य परित्याग गर्नुपर्नेमा प्रदीप पौडेलको जोड
सबै गरेँ भन्दिनँ तर केही बिगारेको छैन : प्रदीप पौडेल
‘नेतृत्व चयन गर्ने कि नगर्ने महाधिवेशनको हलले निर्धारण गर्छ’: प्रदीप पौडेल
महाधिवेशनविना निर्वाचनमा गए काँग्रेसको सर्मनाक हार हुन्छ : प्रदीप पौडेल
प्रदेश सरकारमा तीन मन्त्री भए पुग्छ: प्रदीप पौडेल