काठमाडौँ। प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले ‘सय दिनमा सय काम’ कार्यक्रम कार्यान्वयनमा सरकार पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन् ।
शनिबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको संसदीय दल कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफैँले तय गरेका सय कामबारे सरकारले छलफलसमेत नगरेको आरोप लगाए ।
‘सय दिनमा सय काम भन्नुभयो, त्यो सय काम पूरा हुनु त धेरै परको कुरा हो,’ महामन्त्री पौडेलले भने, ‘ती सय वटा काम जुन उहाँहरू आफैँले तोक्नुभएको थियो, त्यसमा छलफलसम्म पनि भएन ।’
सरकारले महत्वाकांक्षी घोषणा गर्नुको सट्टा सीमित तर कार्यान्वयनयोग्य लक्ष्य तय गरेर पूरा गरेको भए राम्रो हुने उनको भनाइ थियो ।
‘सरकारले सय दिनमा सय काम भन्यो । उहाँहरूले सय दिनमा १० काम भनेर पूरा गरेको भए हुन्थ्यो ।’ उनले काँग्रेसले सरकारका गतिविधि नजिकबाट नियालिरहेको पनि बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असार २०८३, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एक पटक वडास्तरमा अद्यावधिक गरेपछि सदस्यता बारम्बार नवीकरण गर्न नपर्ने’ : प्रदीप पौडेल
सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल
‘सदस्यता प्रणाली डिजिटल रूपान्तरणतर्फ, पुराना अभिलेख सुरक्षित रहन्छ’: प्रदीप पौडेल
कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
आगामी सरकारलाई काँग्रेसको साथ र समर्थन रहने प्रदीप पौडेलको प्रतिबद्धता
राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौं : प्रदीप पौडेल