काठमाडौँ । नेपाली काँग्रेसले संगठनलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित सदस्यता व्यवस्थापन प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।
पार्टीका महामन्त्री प्रदीप पौडेलले यस पहलमार्फत सदस्यहरूको क्षमता पहिचान गरी उपयुक्त जिम्मेवारी निर्धारण गर्न सहज हुने बताएका छन्।
केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग गरिएको कुराकानीमा उनले सदस्यताको डिजिटल अद्यावधिकबाट व्यक्तिको सदस्यता सुरु भएको मिति, योग्यता तथा कार्यक्षमतासम्बन्धी विवरण व्यवस्थित रूपमा अभिलेखीकरण गर्न सकिने उल्लेख गरे। यसले संगठनभित्र कार्यविभाजनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ बैशाख २०८३, १७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एक पटक वडास्तरमा अद्यावधिक गरेपछि सदस्यता बारम्बार नवीकरण गर्न नपर्ने’ : प्रदीप पौडेल
सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल
कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
आगामी सरकारलाई काँग्रेसको साथ र समर्थन रहने प्रदीप पौडेलको प्रतिबद्धता
राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौं : प्रदीप पौडेल
देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री